सिड्नीमा ‘श्री ५ अम्बरे’



ambare2

ठुलोपर्दा डटकम, सिड्नी।
बैशाख १२ गते नेपालमा गएको महाविनाशकारी भूकम्पबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगार्थ चलचित्र ‘श्री ५ अम्बरे’को च्यारिटी शो हुने भएको छ । अष्ट्रेलियाको सिड्नी स्थित सिभिक थियटर, हर्सवीलमा यस चलचित्रको २ शो देखाईने बताईएको छ ।

सडक बालबालिकाको कथामा आधारित यो चलचित्रको प्रदर्शनीबाट उठेको रकम नेपाली कलाकारहरुले सञ्चालन गरेको हामी सबैका लागिको संयोजनमा सम्बन्धित पीडितसम्म पुर्याईने जानकारी दिईएको छ । ११ जुलाईमा हुन गैरहेको च्यारिटी शो को लागि टिकट दर ३५ अष्ट्रेलियन डलर तोकिएको छ । दीपा बस्नेतको निर्देशन रहेको यस चलचित्रमा केकी अधिकारी, सौगात बिष्ट, प्रीयंका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जीवनसाथी फिल्मको ब्यानरमा दिपक आचार्य र टीएन आचार्यको संयुक्त लगानी रहेको चलचित्रलाई गणेशकुमार श्रेष्ठले छायांकन गरेका हुन् भने संगीत वसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी र यम बुद्धले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu