हमाल बने ‘पुनर्निमाण सद्भावना दूत’



rajesh-hamal-dut

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाललाई पुनर्निमाण सद्भावना दूत बनाइएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच हमाललाई गृहमन्त्री बामदेब गौतमले प्रमाण पत्र हस्तान्तरण गर्दै सद्भावना दुत घोषणा गरेका थिए ।

सांस्कृतिक सम्पदा, आचारसंहिता र पर्यावरण पक्षलाई ध्यानमा राख्दै सुरक्षित निर्माण गर्नका लागि जनता, सरकार तथा दातृ निकायलाई उत्प्रेरणा दिने काम गर्ने हमालले प्रमाण पत्र लिइसकेपछि बताएका थिए । हमालले अब बन्ने भवनहरु प्राविधिक र वातावरणीय हिसाबले उत्कृष्ट र नेपाली संस्कृतिलाई झल्काउने किसिमको हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै गृहमन्त्री बामदेब गौतमले नायक राजेश हमालबाट सरकारले पुर्ननिर्माणमा सहयोग चाहेको उल्लेख गरे । ‘उहाँले भनेपछि यूवाहरु पुर्ननिर्माणमा लाग्नुहुन्छ त्यसैले उहाँलाई पुनर्निमाण सद्भावना दूत बनाइएको हो’, गृहमन्त्री गौतमले भने । यस अघि पनि नायक राजेश हमालले भूकम्पपीडितको सहयोगार्थ विभिन्न राहत सामाग्रीहरु वितरण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu