चलचित्रले लगानी उठाएन भनेर किचकिच गर्न मिल्दैन: राई



rajkumar-rai-fdb

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आफुले चलचित्रको स्तर उन्नतिमा लागि काम गर्न नसके ६ महिना भित्रमै राजिनामा दिने बताएका छन् ।

मोरङको उर्लाबारीमा स्थित होटल सिंहीममा याक्थुम मुनचईत चोक सयङको आयोजनामा सोमबार आदिवासी चलचित्रको महत्व र बजार विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष राईले भने, ‘मिठा भाषण गरेर फुरुक्क पार्न सबैलाई आउँछ । तर कार्यान्वयन गर्नु ठुलो कुरा हो । म काम गरेर देखाउँछु ।’ मापदण्डको विरोधप्रति लक्षित गर्दै भने ‘हामीले कस्तो चलचित्र बनाउदैछौ । त्यसमा ध्यान पुर्‍याउन आवश्यक छ । आधा घण्टाको चलचित्र बनाएर मापदण्ड नपुर्‍याएर पुरस्कार सेवा र सुविधा खोज्न मिल्दैन्, चलचित्रले लगानी उठाएन भनेर किचकिच गर्न मिल्दैन । उत्कृष्ट चलचित्र बनाउन आवश्यक छ।’

चलचित्र विकास वोर्डले फिल्म निर्माण सम्बन्धी मापदण्ड सहि रहेको पनि बताएका थिए । ‘चलचित्र कस्तो बन्यो भन्दा पनि चलचित्रले दर्शक र चलचित्रक्षत्रलाई के दियो भन्ने सोच्नु पर्छ’, राईले भने, ‘नेपाली चलचित्रको गुणस्तरमा विकास ल्याउनका लागि हामीले उक्त मापदण्ड ल्याएका हौँ ।’ कार्यक्रमको सभापति सुर्यप्रकाश चेम्जोङले आदिवासी चलचित्रको स्तरउन्नतिको लागि चलचित्र विकास वोर्डको भुमिका महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा उपस्थितहरुले आदिवासी चलचित्र सबैपक्षबाट हेपिएको पनि उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu