रंग पत्रकार रवि अधिकारीद्धारा अभिनित ‘मेरो भागको खुशी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई चलचित्र निर्देशक शोभित बस्नेतले निर्देशन गरेका हुन् ।
भिडियोमा रविसँगै सुजना ढकाल र बिक्रम कँडेलको पनि अभिनय छ । कृष्ण श्रेष्ठको छायांकन रहेको भिडियोलाई प्रेम शर्माले सम्पादन गरेका छन । गीतको शब्द पत्रकार तथा यस भिडियोका मोडल रविले नै लेखेका हुन भने टंक बुढाथोकीको शब्द र संगीत रहेको छ ।
हालसम्म चलचित्र तथा गीत संगीतको क्षेत्रमा कलम चलाउदै आएको अनुभवले गर्दा आफु गीत लेखन तथा अभिनयमा होमिएको रंग पत्रकार रविको भनाई छ ।
भिडियो हेर्नुहोस्: