‘दर्पणछाँया २’ मा नयाँ हिरोइनको खोजी, निरुता नरहने



darpan-chhaya-2

ठुलोपर्दा डटकम, काठमाण्डौ।
ब्लकबस्टर चलचित्र दर्पणछाँयाको सिक्वेलमा नायिका निरुता सिंह नरहने भएकी छिन् । दर्पणछाँयामा लेखन, सम्पादन र निर्देशन समेत आफैले गरेका निर्देशक तुलसी घिमिरेले अहिले ‘दर्पणछाँया २’ का लागि नयाँ हिरोइन खोजिरहेको जानकारी दिएका छन् ।

यस अघि दर्पणछाँयाकै सम्पुर्ण कलाकारहरुलाई लिएर ‘दर्पणछाँया २’ निर्माण गर्न लागेका तुलसीले निरुतालाई धेरै पटक आग्रह गर्दा पनि उनले नमानेपछि अहिले उक्त चलचित्रका लागि नयाँ हिरोइन खोजि गरिएको हो । तर नायिका को हुने भन्ने अहिलेसम्म पक्का भएको छैन ।

चलचित्रमा नायकको रुपमा भने दर्पणछाँयाका कलाकार दिलिप रायमाझी र उत्तम प्रधान नै रहनेछन् । चलचित्रमा घिमिरेकै कथा, पटकथा, संवाद, निमौण र निर्देशन रहनेछ । चलचित्र दर्पणछाँयाले व्यापारमा रेकर्ड ब्रेक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu