हेटौडाको सफलतापछि चितवनमा ‘टिचर’



teacherठुलोपर्दा डटकम, काठमाण्डौ।
पाँचौ हप्ता देखी हेटौडामा प्रदर्शन भइरहेको चलचित्र टिचर अब साउन १५ गतेबाट चितवनमा पनि प्रदर्शन गरिने भएको छ । मंगलबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रका निर्देशक शोभित बस्नेतले साउन १५ बाट नारायणगढको गणेश चित्र मन्दिरमा चलचित्र टिचर रिलिज गर्न लागिएको जानकारी दिए ।

उनले भने -‘हेटौडामा चलचित्र हेर्ने दर्शकहरुको भिड देख्दा म निकै आश्चर्यमा परेको छु । मैंले कहिले पनि सोचेको थिइन चलचित्र टिचर हेर्नका लागि दर्शकहरुको यस्तो साथ मिल्छ भन्ने त्यसैंले अब चलचित्र देशव्यापी प्रदर्शन गर्ने सोच बनाएको छु । त्यस अन्तरगर्त साउन १५ गतेबाट चितवनमा चलचित्र प्रदर्शन गर्दै छौं ।’ उनले चितवनबासीले पनि चलचित्र टिचर मनपराउने विश्वास व्यक्त गरेका छन् ।

चलचित्रमा शिक्षकको भुमिकामा कुशल थापा र विद्यार्थीको भुमिका शोभितको छोरी सलिना बस्नेतले अभिनय गरेका छन् । काठमाडौंमा र मकवानपुरमा छायाकन गरिएको चलचित्र टिचरका शवकुमार रकाल निर्माता हुन् भने विन्दीया रानी प्रस्तुतकर्ता हुन् । चलचित्रमा प्याट्रिक सिटलिङको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu