स्व. निर्देशक दीपक रायमाझीको ‘चाँडै आऊ है’ अब साउन अन्तिमबाट



chadai-aau-haiठुलोपर्दा डटकम, काठमाण्डौ।
राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, मेलिना मानन्धर लगायतका कलाकारलाई रजतपटमा हिरो हिरोईनको रूपमा उभ्याएका स्व. दीपक रायमाझी निर्देशित चलचित्र ‘चाँडै आऊ है’ अब प्रदर्शनमा आउने भएको छ । यहि साउन २९ गतेबाट चलचित्र चाँडै आऊ है देशव्यापी प्रदर्शनमा आउँन लागेको निर्माता डेविड श्रेष्ठले जानकारी दिए ।

चलचित्र ‘चाँडै आऊ है’ विदेसिएका युवालाई स्वदेश फर्कन आह्वान गरिएको कथामा आधारित छ । वेभ प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा झरना थापा, सुमन सिंह, निता ढुङ्गाना र आयुब केसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा दिव्य सुवेदीको छायाकंन, एनबी महर्जनको द्वन्द्व, राजु शाहको नृत्य निर्देशन तथा चेतन सापकोटको संगीत रहेको छ । स्वर्गीय दीपक रायमाझीले निर्देशन गरेको अन्तिम चलचित्र मध्य यो पनि एक हो । उनको अर्को चलचित्र डेष्टीनेशन काठमाण्डौपनि चाँडै प्रदर्शनमा आउँदैंछ ।

करिब २४ वर्षअघि चलचित्र ‘भाग्य रेखा’ पहिलो पटक निर्देशन गरेका रायमाझीले सन् १९८० मा रूसबाट चलचित्र निर्देशनमा स्नाकोत्तर गरेका थिए । उनी माया पिरतीको चलचित्र बनाउन बढी रूचाउने निर्देशक थि ए। उनले युग देखि युग सम्म, कसम, प्रियसी, पराईघर, हाम्रो मिलन कहिले हुन्छ लगायतका दुई दर्जन भन्दा बढी चलचित्रमा निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu