सुप्रियालाई यस्तो पिडा, भन्छिन् -‘दुईदिनको पाहुना हुँ’ (भिडियो)



paniko-foka

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित गायिका अञ्जु पन्तको स्वरमा सजिएको ‘पानीको फोका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मुटुमा समस्या भएपछि आफ्नो प्रेमीसँग दुई दिनको पाहुना हुँ भन्दैं आफ्नो पिडा पोख्दैं गरेकी मोडल सुप्रिया र मोडल अमृतको प्रेमलाई भिडियोमा उतारिएको छ ।

अनुराधा एल्बममा रहेको यो गीतलाई अनु शाहले लेखेकी हुन् भने गीतमा रेखा पौडेलले संगीत भरेकी छिन् । साथैं सोहि गीतमा हरि लम्सालको संगीत संयोजन पनि रहेको छ । पछिल्लो समय एकपछि अर्को गर्दै सफल म्युजिक भिडियो निर्देशन गरिरहेका समन अधिकारीले निर्देशन गरेको यो भिडियोलाई विदुर पाण्डेले खिचेका हुन भने प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu