चलचित्र विकास बोर्डद्वारा निर्माता तथा निर्देशकका मापदण्ड सार्वजनिक, भूकम्प पीडितलाई तीस लाख



FDb-Mapdanda

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास वोर्डले ‘चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि, २०७२’ सार्वजनिक गरेको छ । शनिवार चलचित्र विकास वोर्डमा आयोजित पत्रकार सम्मेलन मार्फत निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधिका साथमा चलचित्र घरहरुमा E-Ticketing को थालनी, नेपाली चलचित्रको इतिहास लेखन, चलचित्र इजाजतपत्रका लागि आवश्यक कथासार उपलब्ध गराउने तथा भूकम्प पीडित चलचित्रकर्मीलाई राहत उपलब्ध गराउने सम्बन्धमा जानकारी गराएको छ ।

कार्यक्रममा चलचित्र क्षेत्रका सरोकारवाला सङ्घ संस्थाहरूको परामर्श तथा छलफल समेतको आधारमा चलचित्र विकास बोर्डबाट चलचित्र क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका लागि कार्यक्रम तथा नीतिगत निर्णयहरू कार्यान्वयनमा ल्याउन लागिएको बताईएको छ ।

चलचित्र विकास बोर्डले चलचित्र निर्माणमा देखिएको कमी कमजोरीहरूलाई व्यवस्थित गर्ने उद्देश्यले मिति २०७२।२।३१ गते स्वीकृत गरी असार १, २०७२ बाट “चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि, २०७२” लागू गरिएकोमा सम्बन्धित सरोकारवाला चलचित्रकर्मीहरूबाट प्राप्त राय सुझावका आधारमा समसामयिक संशोधन गरी कार्यान्वयनमा ल्याइएको कार्यक्रममा जानकारी गराईएको थियो । यस कार्यविधीमा नव प्रवेशी चलचित्र निर्माता तथा निर्देशकका लागि न्यूनतम मापदण्डहरू रहेका छन् । यद्यपी आदिवासी, जनजाति तथा विभिन्न मातृभाषामा चलचित्र तथा भिडियो कथानक चलचित्र निर्माण र निर्देशन गर्नका लागि त्यस्तो मापदण्डहरु लागू हुने छैनन् ।

नव प्रवेशी चलचित्र निर्माताका लागि न्यूनतम मापदण्डहरू यस्ता छन्ः
(क) पहिलो पटक चलचित्र निर्माण गर्न दर्ता भएको कम्पनी वा संस्थाले कम्तीमा एउटा चलचित्र निर्माण गरी जााचपास (सेन्सर) गरेको अर्को कम्पनी वा संस्थासँग सह(निर्माण (बोर्डबाट संयुक्तरूपमा चलचित्र निर्माण इजाजत पत्र प्राप्त) गरेको हुनुपर्नेछ; वा बोर्डले तोकेको चलचित्र क्षेत्रको कुनै एक विधामा कम्तीमा १० (दश) वर्ष निरन्तर रूपमा क्रियाशील व्यक्ति; वा
(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै चलचित्र निर्माताले पहिले नै कम्पनी वा संस्था दर्ता गरी सो संस्थाबाट चलचित्र निर्माण गर्ने इजाजत लिई चलचित्र जाँच पास गरेको रहेछ र त्यस्तो कम्पनी वा संस्था विविध कारणबाट बन्द भई निजले नयाा कम्पनी वा संस्था दर्ता गरी बोर्डमा चलचित्र निर्माण इजाजत लिनका लागि त्यस्तो मापदण्ड आवश्यक पर्ने छैन ।
(ग) नव प्रवेशी निर्माताले चलचित्र निर्माण इजाजतपत्र हस्तान्तरण गरी लिन चाहेमा सो हस्तास्तरण गरी लिनु अघि चलचित्र परामर्श डेस्कमा अनिवार्य रूपमा सहभागी भई सो समितिको सिफारिस पश्चात मात्र बोर्डले इजाजत पत्र हस्तान्तरण गरिदिन सक्नेछ ।
(घ) खण्ड (ग) बमोजिम हस्तान्तरण गरिएको इजाजत पत्र बमोजिमका निर्मातालाई खण्ड (क) बमोजिमको मापदण्ड लागू हुनेछ ।
(ङ) चलचित्र निर्माण गर्नका लागि उमेरको हदबन्दी लाग्ने छैन ।
(च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि राष्ट्रिय स्तरमा सक्रिय कुनै औद्योगिक घरानाले चलचित्र निर्माण गर्न निर्माण इजाजतपत्र माग गरेमा बोर्डले आवश्यक छानबिन गरी उचित लागेमा निर्माण इजाजत पत्र दिन सक्नेछ ।
(छ) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि चलचित्रको कुनै एक विधामा स्वीकृत प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तिर्ण गरेको व्यक्तिले चलचित्र निर्माण गर्न चाहेमा त्यस्तो मापदण्डहरु लागू हुने छैन ।
(ज) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि कम्तीमा ३ (तीन) वटा भिडियो कथानक चलचित्र निर्माण गरी सो चलचित्र जााचपास गरेको निर्माताको हकमा डिजिटल वा सेल्युलाईड कथानक चलचित्र निर्माण गर्न चाहेमा त्यस्तो मापदण्डहरु लागू हुने छैन ।
(झ) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै एउटा चलचित्र निर्देशन गरी सो चलचित्र जााचपास गरिसकेको निर्देशकका हकमा कथानक चलचित्र निर्माण गर्न त्यस्तो मापदण्डहरु लागू हुनेछैन ।

नव प्रवेशी चलचित्र निर्देशकका लागि न्यूनतम मापदण्डहरू यस्ता छन्:
(क) चलचित्र सम्बन्धी औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने, (स्वीकृत प्राप्त शिक्षण संस्थाबाट चलचित्र सम्बन्धी मूल विषय लिई रकम्तीमा स्नातक तह उत्तिर्ण गरेको (शैक्षिक प्रमाण पत्र आवश्यक); वा
कम्तीमा ३ (तीन) वटा नेपाली चलचित्रमा मुख्य सहायक वा सहायक निर्देशकका रूपमा काम गरेको र ती चलचित्रमा नाम उल्लेख भई जााचपास समेत भएको हुनुपर्ने; वा
कम्तीमा ५ (पाँच) वटा भिडियो चलचित्र वा डकुमेन्ट्री निर्देशन गरेको हुनुपर्ने र उक्त चलचित्रको बोर्डबाट चलचित्र निर्माण इजाजत पत्र लिएको र जाँच पास भएको हुनुपर्नेछ;
(ख) कम्तीमा १० (दश) वर्ष चलचित्र क्षेत्रको कुनै एक विधामा निरन्तर क्रियाशिल भएको व्यक्ति ।
(ग) कुनै विदेशी नागरिकले नेपाली चलचित्र निर्देशन गर्न चाहेमा समेत यस कार्यविधिको खण्ड (क) र (ख) मध्ये कुनै एक मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।
(घ) कुनै व्यक्तिले नयाा विश्व कीर्तिमान राख्ने उद्देश्यका लागि चलचित्र निर्देशन विधा छनोट गरी चलचित्र निर्देशन गर्न चाहन्छ भने त्यस्ता व्यक्तिसँग बोर्डबाट गठित चलचित्र परामर्श समितिले सोको वास्तविकता र यथार्थताका सम्बन्धमा अध्ययन, अनुसन्धान र मूल्याङ्कन सहितको सिफारिस बोर्ड समक्ष गरेपछि मात्र बोर्डबाट त्यस्ता व्यक्तिलाई चलचित्र निर्देशनका लागि अनुमति दिन सक्नेछ ।
(ङ) चलचित्र निर्देशन गर्नका लागि उमेरको हदबन्दी लाग्ने छैन ।
(च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिई जाँचपास गरेको कुनै एउटा वृत्तचित्र वा लघुचलचित्र विदेश स्थित महोत्सव तथा अवार्ड कार्यक्रममा पुरस्कृत भएको रहेछ भने त्यस्तो वृत्तचित्र वा लघुचलचित्रका निर्देशकको हकमा कथानक चलचित्र निर्देशन गर्न त्यस्तो मापदण्डहरु लागू हुने छैन ।
(छ) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि कम्तीमा ५ (पाँच) वटा टेलिचलचित्र वा कम्तीमा ५१ (एकाउन्न) श्रृंखलाको टेलिसिरियल निर्देशन गरेको निर्देशकले चलचित्र निर्देशन गर्न चाहेमा त्यस्तो मापदण्डहरु लागू हुने छैन ।

विशेष व्यवस्था: दफा ४ र ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि आदिवासी, जनजाति तथा विभिन्न मातृभाषामा चलचित्र तथा भिडियो कथानक चलचित्र निर्माण र निर्देशन गर्नका लागि त्यस्तो मापदण्डहरु लागू हुने छैन ।

त्यस्तै, कार्यक्रममा चलचित्रको व्यापारलाई अझ व्यवस्थित एवं पारदर्शी बनाउन चलचित्र घरहरुमा E(Ticketing को थालनी बारे जानकारी गराईएको छ । काठमाण्डौ उपत्यकाका चलचित्र घरहरुमा कार्तिक १ गतेबाट अनिवार्य E(Ticketing ब्यवस्था लागु हुनेछ ।

नेपाली चलचित्र उद्योगले ५० वर्ष पूरा गरिसकेको अवस्थामा पनि नेपाली चलचित्रको इतिहास हालसम्म नभएको अवस्थामा “नेपाली चलचित्रको इतिहास”को लेखन कार्यका लागि वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई बोर्डले जिम्मा दिएको छ । इतिहास यथाशिघ्र प्रकाशन गरिने बताईएको छ ।

यसअघि चलचित्र विकास बोर्डले चलचित्र निर्माण गर्नुपूर्व चलचित्र निर्माण गर्न दिइने इजाजतपत्रका लागि पेश गर्नुपर्ने कागजातहरूका साथमा यस अघि पूर्ण स्क्रिप्ट सहितको दरखास्त माग गर्ने प्रावधान रहेकोमा अब चलचित्रको कथासार मात्र पेश गर्ने व्यवस्था मिलाइएको कार्यक्रममा बताईयो । साथै, २०७२ बैशाख १२ गते र २९ गते गएको शक्तिशाली भूकम्पमा चलचित्र क्षेत्रमा संलग्न चलचित्रकर्मीहरुको परिवार तथा जीउ धनको क्षति पुग्न गएको हुादा राहत स्वरूप यस चलचित्र विकास बोर्डले तीस लाख बराबरको राहत रकम छुट्याएको छ । यसका लागि समिति बनाई समितिले विभिन्न चलचित्रसँग सम्बन्धित संघ, संस्थाहरुको सिफारिसका आधारमा वास्तविक पीडितको पहिचान गरी दामासाहीले राहत रकम वितरण गरिने बताईएको छ ।

मापदण्डको पूर्णपाठको लागी यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu