UAE मा ‘तीज उत्सव’ हुँदै | रेखा, श्याम, डिठ्ठाको प्रस्तुती रहने



UAE-Teej-prg

UAE मा रहेका रतन थापाको आयोजना तथा नेपालमा रहेको मिजल पिक्चर्सको इभेन्ट म्यानेजमेण्टमा UAE का विभिन्न शहरमा ‘तीज उत्सव’ हुने भएको छ । हालसम्ममा सार्जामा सेप्टेम्बर ४ र फुजेरामा सेप्टेम्बर ११ मा कार्यक्रम तय भईसकेको छ ।

नेपाली हिन्दु महिलाहरुको महान चाड ‘हरितालीका तीज’को अवसरमा हुने कार्यक्रममा नेपालबाट नायिका रेखा थापा, नायक तथा सञ्चारकर्मी श्याम अर्याल, लोक गायिका मिना अधिकारी, हाँस्यकलाकारहरु किशोर भण्डारी ‘डिठ्ठा साब’, रेश्मा तिमिल्सना तथा पर्शुराम रिजालको सहभागिता रहनेछ । सार्जा र फुजेराको कार्यक्रम पछि दुबई र आबुधावीमा पनि कार्यक्रम हुने बताईएको छ ।

कार्यक्रमलाई कास्की आदर्श सेवा समाज, देव बिक, बिष्णु अधिकारी, DXN का पारस बिक तथा शेखर सुब्बा लगाएतले बिशेष सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu