नागरिकको ‘सुर छोडेर पात बजाउदै’ (भिडियो)



Nagarik-Song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्रदर्शनको तयारीमा रहेको विमल पौडेल निर्देशित चलचित्र नागरिकको नयाँ गीत रिलिज भएको छ । ‘सुर छोडेर पात बजाउँदै’ बोलको सार्वजनिक गीतमा अर्जुन सुनाम र टिका पुनको आवाज रहेको छ भने लक्ष्मण शेषको संगीत र पुष्प आचार्यको शब्द रहेको छ ।

मगर समुदायको सार्वजनिक गीतले नेपाली कला र संस्कृतिलाई झल्काएको छ । चलचित्र ‘नागरिक’लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राज भण्डारी र सर्बानी राज्य दुलाल मिलेर निर्माण गरेका हुन् । चलचित्र नागरिकमा विश्व बस्नेत, अनु शाह, राहुल के.सी., सरिता गिरि, गणेश उप्रेती, रमेश बुढाथोकी, पुष्प आचार्य, मोहन श्रेष्ठ, सफलता खनाल, दिब्यदेव पन्त, लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा राजुविक्रम थापाको छायांकन, रोशन श्रेष्ठको एक्शन, बनिश शाहको सम्पादन, लक्ष्मण शेषको संगीत, पुष्प आचार्यको शब्द, अचुत घिमिरे र मनोज लामाको नुत्य रहेको छ । चलचित्रका कार्यकारी निर्माता भने सत्यराज चौलागाईं हुन् । उनले चलचित्रको प्रदर्शन मिति चाडै सार्वजनिक गरिने पनि जानकारी दिए । नेपालको राजनैतिक परिवेशमा आधारित रहेर यो चलचित्र निर्माण भएको हो ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu