नेपालको लागि हलिउड गायिका लेडी गागाको करीव तीन करोड सहयोग



lady-gaga-help-for-nepal

बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि नेपालको पुर्ननिर्माणमा बलिउड देखी हलिउड स्रेलिब्रेटीहरु पनि अग्रसर भइरहेका छन् । त्यहि क्रममा हलिउडकी चर्चित गायिका लेडी गागाले नेपालको पुर्ननिर्माणका लागि २ लाख ९५ हजार अर्थात (नेपालको ३ करोड २६ लाख) पर्ने बुट किनेकी छिन् ।

ब्राजिलमा रहेको राष्ट्रसंघिय नियोग यूनिसेफले यो कुराको जानकारी आधिकारिक फेसबुक मार्फत गराएको छ । गागाले किनेको उक्त बुटलाई लिलामी गरिने छ र उक्त रकम नेपालको पुर्ननिर्माणमा खर्चने छिन् । साथै गागाले उक्त बुट लगाउँदै गरेको तस्विर पनि इन्ष्ट्राग्राममा शेयर गरेकी छिन् ।

केहि दिन अगाडी मात्र म्याकविनले राष्ट्रसंघीय नियोग युनिसेफले नेपालमा संचालन गरिरहेको भूकम्पपछिको सहयोग प्रयत्नमा संकलित रकम प्रदान गर्ने भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu