दोस्रो सँस्करणका ‘मिस प्लस टु नेपालमा-२०१५’का प्रतियोगीले ‘ट्यालेन्ट शो’ अन्तर्गत आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् । यो प्रतियोगितामा सहभागी ३० जना मध्य बहुसंख्यकले ‘ट्यालेन्ट शो’मा नेपाली र अंग्रेजी गीतमा नृत्य प्रस्तुत गरे । केही प्रतियोगीले गीत गाए । बाँकी प्रतियोगीले चित्रकला, बाद्यवादन, वतृत्वकला जस्ता विभिन्न प्रतिभा प्रस्तुत गरे ।
प्लस टुमा अध्ययन गरिरहेका युवतीहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि युहान इन्टरनेसनल इभेन्ट प्रालिद्धारा ‘मिस प्लस टु नेपाल-२०१५’को ट्यालेन्ट शो शनिबार राजधानीमा सम्पन्न भएको थियो ।
सो प्रतियोगिताको निर्णायकमा गायक प्रवेशमान शाक्य, नारायणी अटो मोबाईलस्का अध्यक्ष अनुपकुमार बराल, अभिनेत्रीद्धव रोशनी केसी, सुरक्षा पन्त र नवोदित अभिनेता शुशील श्रेष्ठ थिए । कार्यक्रममा गायक प्रबेशमान शाक्यले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गर्दा प्रतियोगी र अन्य अतिथिले ताली बजाएर साथ दिएका थिए ।
प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकास सहित विभिन्न प्रशिक्षण दिईरहेका छन् । उनीहरुलाई प्रशिक्षणको अबधिमा जुम्बा, स्विमिङ, मिडिया क्लास सहित विभिन्न विषयमा प्रशिक्षण दिने क्रम जारी रहेको आयोजक सास्था युहान इन्टरनेसनल इभेन्ट प्रालि प्रवन्ध निर्देशक सानु खानले जानकारी गराए । प्रतियोगीहरुको प्रशिक्षण तीन साता अघिबाट सुरु भएको पनि उनले बताए । मिस प्लस टु नेपालको चयन आगामी २२ साउनमा राजधानीको जमल स्थित नाचघरमा हुने सो इभेन्ट प्रालिकी अध्यक्ष संजिता श्रेष्ठले जानकारी गराईन् ।
ती प्रतियोगीहरुका अन्तिम प्रतिस्पर्धीमा कौशल्या परियार, अखिम तामाङ, समीक्षा भट्टराई, स्मृति घिमिरे, ज्ञान मञ्जरी पौडेल, अञ्जना लामा, प्रीया ढकाल, सविना गुरुङ, सजना सिग्देल, निशा थापा क्षत्री, सागरिका मल्ल, निसा सुनार, सुविधा न्यौपाने, नितु भण्डारी रहेका छन् । यस्तै निशा घलान तामाङ, शोभा लम्साल, उपसना गुरुङ, स्वरुपा खत्री, पुजा दौलिया, कृतिकिरण पाण्डे, रोशना रामुदामु, रञ्ज दाहाल, सितु श्रेष्ठ, रोजी कार्की, सन्ध्या पन्त, स्नेहा पौडेल, अपेक्षा धिताल, प्रकृति तुलाचन, आरती खड्का र आँचल दवाडी रहेका छन् ।