ठुलोपर्दा डटकम, काठमाण्डौ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका मेलिना राईको ‘आयो तीजको लहर’ बोलको भिडियो सार्वजनिक भएको छ ।
निहारिका लक्ष्मी शाहीको शब्द रहेको गीतमा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोलाई हरि न्यौपाने खिचेको हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन । दिपक मदन सिंहको कोरियोग्राफी रहेको भिडियोमा गायिका मेलिना राई र सरु थापाको आर्कषक नृत्य देख्न सकिन्छ ।
नारीहरुले सौभाग्यको प्रतिकका रुपमा लिने रातो टीका, रातो साड़ी, रातो चुरापोते लगाएर साथीसंग नाचगान गरेर रमाइलो गर्ने, ब्रत बस्ने, माइत गई आमाको हातबाट पाकेको दर खाई दुखसुख साट्ने लगायतका तीज बिशेष कार्यहरुलाई गीतमा देखाइएको छ । नाचु नाचु लाग्ने ‘आयो तीजको लहर’ बोलको गीतलाई दर्शक, स्रोताहरुले मन पराउने गायिका मेलिना राईले दाबी गरेकी छिन् ।
भिडियो हेर्नुहोस्: