बसाइँ सरिन साकिरा



Shakira

३८ वर्षीया हलिउड गायिका साकिरा बार्सिलोनामा बसाइँ सारेकी छिन् । साकिरा आफ्ना पार्टनर अर्थात स्पेनको बार्सिलोना क्लबबाट फुटबल खेल्ने गेरार्ड पिकेको साथमा कोलम्बियनबाट बार्सिलोनामा सरेकी हुन् ।

सन् २०१० देखि नजिक भएका उनीहरु अब एउटै छतमुनी बस्ने भएका छन् । उनीहरूले एक करोड १९ लाख बार्सिलोनामा घर किनेका हुन् । गत वर्ष नै साकिराले त्यो घर किन्‍न खोजेकी थिइन् । तर धेरै मूल्य भएकाले उनले किन्ने आट गर्न सकेकी थिइनन् तर यसका मालिकले आधाभन्दा कम दाम घटाएर साकिरालाई नै घर बचेका छन् । अब यो घरमा साकिरा र गेरार्ड पिके एउटै घरमा बस्नेछन् ।

गेरार्ड साकिराभन्दा १० वर्ष कान्छा छन् । यसअघि साकिराले अर्जेन्टिनी वकिल एन्टोनियो डे ला रुआसँग केही समय डेटिङ गएकी थिइन् । गत जनवरीमा ३८ वर्षीया साकिरा दोस्रो बच्चाको आमा बनेकी थिइन् । साकिराले आफ्नो छोरा सासा ६ महिना पुगेको अवसरमा छोरालाई फुटबल खेलाएकी छन् । ६ महिनाको छोरालाई फुटबल खेल्न लगाएको भिडियो इन्सटाग्राममा धेरैले मन पराए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu