नेपालमा पनि जिते सलमानले आमिरलाई



Aamir-and-salman

बलिउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले यति बेला एकपछि अर्को गर्दै विभिन्न रेकर्डहरु बनाउँदै गएको छ । त्यहि क्रममा चलचित्र बजरंगी भाईजानले भारतमा आमिर खानद्वारा अभिनित चलचित्र ‘धुम ३’ को लाइफटाइम कलेक्शनलाई उछिनेको छ ।

‘धुम ३’ ले भारतमा २ सय ८० करोडको नेट व्यापार गरेको थियो । तर, शनिबारसम्म आइपुग्दा २ सय ९२ करोड कमाउँदै सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले आमिर खानको ‘धुम ३’ को रेकर्ड उछिनेको हो । यो सँगै नेपालमा पनि चलचित्र बजरंगी भाईजानले ६ करोडको कलेक्सन गर्दै आमिर खान अभिनित चलचितत्र पिकेलाई पछि पारेको छ ।

आमिरको चलचित्र ‘पिके’ले तेस्रो सातासम्म सय हलबाट ४ करोड कमाएको थियो । ‘पिके’ले आमिरकै अघिल्लो चलचित्र ‘धुम ३’को सवा ३ करोडको बिजनेसलाई पनि उछिनेको थियो । अहिले मुलुकका ९० पर्दामा बजरंगी भाइजान प्रदर्शन भैराखेको छ । पिकेको रेकर्ड तोड्न उसलाई १० दिन लागेको हो

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu