सलमानको आमा बन्दै रेखा



rekha-and-salman

बलिउडस्टार सलमान खानले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘सुल्तान’को अहिलेसम्म शुटिङ सुरु भएको छैन ।

अर्को बर्षको दिपावलीमा प्रदर्शनमा आउन लागेको चलचित्र सुल्तानको केहि दिन भित्रै शुटिङ सुरु हुने जानकारी दिइएपनि उक्त चलचित्रमा कुन हिरोइन हुने भन्ने अहिलेसम्म पक्का भएको छैन तर खबरका अनुसार चलचित्र सुल्तानमा बलिउडकी चर्चित नायिका रेखा सलमान खानको आमा बन्ने कुरा भइरहेको छ ।

तीन दशक पहिला आफ्नो डेब्यू चलचित्र बीवी हो तो ऐसीमा सलमान र रेखा एकसाथ देखिएका थिए । उक्त चलचित्रमा रेखा सलमानको भाउजुको भुमिकामा देखिएकी थिइन । तर चलचित्र सुल्तानमा रेखा सलमानको आमाको बन्ने वा नबन्ने भन्ने अहिलेसम्म पक्का भएको छैन तर रेखाले चलचित्र खेल्न इच्छुक रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu