वडा नम्बर ६ मा माग्ने बुढा र दीपाश्रीको सुर्के थैली (भिडियो)



Wada-Number-chha-furke-thaili

ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज १ गते देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र ‘वडा नम्बर ६’को दोस्रो नयाँ गीत रिलिज भएको छ । लोक लयको ‘सुर्के थैली’ बोलको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, दयाहाङ राई, प्रियंका कार्की, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’ र रञ्जिता गुरुङ देखिएका छन् ।

गीतमा राजन राज सिवाकोटी, अन्जु पन्त र राजु विश्वकर्माको स्वर छ । भिडियोमा शंकर विसीले कोरियोग्राफी गरेका छन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपक, दीपा, निर्मलको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu