‘लभ सब’ हेर्न आग्रह गर्दै सलोन चितवनको स्कूल-स्कूलमा



Salon-Basnetभदौ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ सब’ को यति बेला चौतर्फी चर्चा छ । यूवापुस्ताको मुखमा झुन्डन सक्ने संवादहरुका कारण चलचित्रको चर्चा अझ चुलिदै गएको छ । त्यहि क्रममा चलचित्रका नायक सलोन बस्नेत भने चलचित्रको प्रचारका लागि भन्दै चितवन पुगेका छन ।

उनले चितवन भरतपुरका विभिन्न स्कुल पुगेर विद्यार्थीहरुमाझ चलचित्रको बारेमा जानकारी दिए । चलचित्र विशुद्ध किशोर किशोरीहरुको माया, प्रेम र रोमान्समा आधारित भएकाले एक पटक हेर्नका लागि सलोनले आग्रह गरे । सलोनसँगको भेटमा विद्यार्थीहरुले पनि चलचित्र ‘लभ सब’ हेर्नको निकै आतुर रहेको प्रतिक्रिया दिएका थिए ।

नायक सलोनसँगै चलचित्र निर्देशक एवं सलोनका पिता शोभित बस्नेत पनि सहभागी भएका थिए । कमेडी लभस्टोरी चलचित्र ‘लभ सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लभ सवमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu