मनिषाको आयो ‘चेहेरे’ (भिडियो)



manisha-koirala-chehere

लामो समयको विश्रामपछि नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला यो वर्ष नयाँ गेटअपका साथ भारतमा पुनरागमन गर्दैछिन् । उनले अभिनय गरेको नयाँ चलचित्र ‘चेहेरे’ को ट्रिजर शनिबार सार्वजनिक भएको छ ।

रोहित कौशिकद्वारा निर्देशित यस चलचित्रमा उनले दुई फरक चरित्रमा अभिनय गरेकी छिन् । ध्वनिरहित चलचित्रमा हिट तर आधुनिक चलचित्रमा असफल हुने अभिनेत्रीको भूमिकामा मनिषालाई हेर्न पाइनेछ । चलचित्रमा मनिषाबाहेक ज्याकी श्राफ, गुल्शन ग्रोभर, दिव्या दत्ता र आर्य बब्बरको मुख्य भूमिका छ ।

सार्वजनिक ट्रिजरमा मनिषाका पुराना रुपहरु पनि देखाइएको छ । ३०, ४० र ५० को दशकको समयलाई आधार मानि चलचित्र चेहेरेको ट्रिजर सार्वजनिक गरिएको हो । तर योभन्दा पनि मनिषाको आशा गरिएको चलचित्र भने ‘दो पैसे की धूप चार आने की बारिश’ हो । किनभने यो चलचित्रबाट कुनै जमानाकी हिट अभिनेत्री दीप्ति नवल निर्देशक बन्दैछिन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu