नवाजुद्धीनको चलचित्र ‘माझी – दि माउन्टेन म्यान’ रिलिज अगावै लिक



nawajuddhin

आफुले पाएको भुमिकालाई मनछुने तरिकाले अभिनय गर्ने बलीउडका चर्चित कलाकार नवाजुद्धीन सिद्धिले अभिनय गरेको नयाँ चलचित्र ‘माझी – दि माउन्टेन म्यान’ रिलिज अगावै लिक भएको छ ।

२१ अगस्तदेखी प्रदर्शनमा आउन लागेको यो चलचित्र यूटुबमा लिक भएपछि यति बेला चलचित्र यूनिट तनाबमा देखिएको छ । बिबिसी हिन्दीका अनुसार चलचित्र माझी दि माउन्टेन म्यान बिहारको गया जिल्लाको गेहलुरका दशरथ माझीको संर्घषमा आधारित छ । चलचित्रमा नवाजुद्धीन सिद्धिकी र राधिका आप्टको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई केतन मेहनाले निर्देशन गरेको हुन् ।

चलचित्रमा माझीले सडकको अभावका कारण परिवार एवं गाउँलले भोग्नुपरेको समस्या देखाइएको छ । त्यस्तै चलचित्रमा नवाजुद्धीन सिद्धिकी र राधिका आप्टलाई पनि निकै आर्कषक तरिकाले प्रस्तुत गरिएको बिबिसी हिन्दीले समाचार प्रकाशन गरेको छ । माझीले हम्मर र छिनोले पहाडका विशाल ढुङ्गांहरु फुटाएर ५५ किलोमिटर शहरको यात्रालाई १५ किलोमिटरमा छोट्याएको बिषयबस्तुमा चलचित्र निर्माण गरिएको बताइएको छ । माझीको सन् २००७ मा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu