‘नागरिक’ को ‘मेरो देश’ (अडियो)



Nagarik-audio-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
विमल पौडेलको निर्देशन रहेको चलचित्र ‘नागरिक’ को ‘मेरो देश’ बोलको अडियो गीत रिलिज भएको छ । कात्तिक २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र नागरिकको सार्वजनिक ‘मेरो देश’ बोलको अडियो गीतमा प्रमोद खरेल र सन्नी सुनामको स्वर रहेको छ ।

गीतमा पुष्प आचार्यको शब्द तथा लक्ष्मण शेषको संगीत रहेको छ । निर्देशक पौडेलको कथा रहेको यस चलचित्र “नागरिक”लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राजभण्डारी र शर्भानी राज्य दुलालले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाईं हुन् ।

विश्व बस्नेत, राहुल केसी, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी, दिव्यदेव पन्तलगायतको मुख्य भूमिका रहेको छ । देशको राजनैतिक परिवेशमा निर्माण गरिएको यस चलचित्रले अहिले देशको राजनीतिक परिवेशको चित्रण गरेको छ ।

गीत सुन्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu