नेपाल र लण्डनमा ‘तीन घुम्ती’



tin-ghumti

ठुलोपर्दा डटकम, काठमाण्डौ।
आउँदो शनिबार नेपालका तत्कालिन प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तिन घुम्ती’ मा आधारित भएर निर्माण भएको चलचित्र तीन घुम्तीको नेपाल र लण्डनमा एकसाथ प्रिमियर गरिने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र तीन घुम्तीको प्रिमियर गर्न लागेको जानकारी दिइएको छ ।

नेपालमा हुने चलचित्र प्रिमियरमा नेपालका प्रधानमन्त्री शुशिल कोइराला पनि उपस्थित हुन सक्ने जननायक वी.पी कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक बाबुराम ढकालले भने, ‘हामीले चलचित्र निर्माण गर्दा धेरै चिजमा ध्यान दिनु पर्ने थियो । ऐतिहासिक चलचित्र भएका कारण हामीले कलाकार देखी ड्रेस र भाषा सम्ममा निकै ध्यान पुराएका छौं ।’

चलचित्र तीन घुम्ती दर्शकले सोचे अनुरुपकै बनाएको निर्देशक ढकालले दाबी गरे । त्यस्तै चलचित्रकी नायिका गरिमा पन्तले आफु अहिले संख्याको आधारमा भन्दा पनि राम्रो चलचित्रमा अभिनय गर्ने बताएकी छिन् । ‘मेरो करियरकै सबैभन्दा उत्कृष्ट चलचित्र हुनेछ ‘तीन घुम्ती’ । हामी सबैले राम्रो काम गर्ने प्रयास गरेका छौं । बाँकी दर्शकको हातमा छ’ गरिमाले भनिन् ।

निर्माता गोपाल सुवेदीले कृति अनुसार नै फिल्म छायांकन गरिएको र त्यही अनुरुप ‘तीन घुम्ती’ तयार भएको बताए । चलचित्रमा ध्रुव दत्त र गरिमा पन्त मुख्य भुमिकामा रहेका छन् । चलचित्रमा ‘पिताम्बर’ नामक पात्रको भूमिकामा ध्रुव देखिन लागेका छन् । चलचित्रमा गरिमा पन्त ‘इन्द्रमाया’को भुमिकामा देखिँदैछिन् । चलचित्रको ८० प्रतिशत छायांकन बन्दीपुरमा गरिएको थियो ।

चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu