सिन्होकुवो फिल्म फेस्टिभलमा सहभागि हुन कान्छो निर्देशक र निर्मात्री जापान उडे



Samjhana-Pokhrel-and-Saugat-Bista

ठुलोपर्दा डटकम, काठमाण्डौ।
जापानको सिन्होकुवो फिल्म फेस्टिभलमा विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ प्रदर्शन हुँदैछ ।

टोकियोको शिनओकुबोमा आउँदो अगस्ट १६ तारिक आइतबार १३:३० बजे र अगस्टको २० तारिक बिहिबार १७:०० बजे एकहप्ते शिनओकुबो फिल्म फेस्टिवलमा सहभागी हुन चलचित्र लभ यू बाबाका निर्देशक सौगात विष्ट र निर्मात्री तथा निर्देशककी आमा सम्झना पोखरेल शुक्रबार साँझ जापान उडेका छन् । उक्त फेस्टिभलमा पहिलो पटक नेपाली चलचित्रले सहभागिता जनाएको हो ।

फेस्टिभलमा दश हजार जनाले सहभागीता जनाउने छन् भने नेपाल, साउथ कोरिया, चिन, सिङ्गापुर, थाइल्यान्ड, बेल्जियमका १७ वटा चलचित्रहरु प्रदर्शन गरिने छ । शिनओकुबो फिल्म फेस्टिवलमा देखाइने १७ वटा चलचित्र हेर्ने टिकटको मूल्य २००० येन तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu