नेपालीको वार्डरोबमा कट्रिना



kaitrina-prabal

बलीउडमा कट्रिना कैफ स्टाइलिस नायिकामध्येमा अग्रपंक्तिमा आउँछिन् । ब्रिटिस मोडलका रूपमा क्रियाशील रहेका बेला सलमान खानले फिल्म ‘मैने प्यार क्यूँ किया’ मा आफ्नो अपोजिट खेलाउन पुनः बलिउड भित्र्याएका थिए । यसअघि उनले सन् २००३ मै ‘बूम’ खेले पनि त्यसले कट्रिनालाई चिनाउन सकेन । ऐश्वर्या रायसँगको प्रेमसम्बन्धमा खटपट भएपछि सलमानले कट्रिनालाई जोडीका रूपमा ल्याएका थिए । सलमानसँग जोडिएर आएपछि कट्रिनाको पनि हात्तै पब्लिसिटी हुन पुग्यो ।

यति बेला भने नायक रणवीर कपुरकी प्रेमिका कट्रिना सौन्दर्य र स्टाइलका मामिलामा सहकर्मी नायिकाभन्दा माथि छिन् । हालै मात्र उनले नेपाली मुलका फेसन डिजाइनर प्रवल गुरुङको वार्डरोबमा देखिएपछि फेसनवृत्तमा थप चर्चा भएको कान्तिपुर दैनिकमा खबर छ । प्रेमी रणवीरसँग शुक्रबार मात्रै रिलिज भएको फिल्म ‘ब्रदर्स’ हेर्न पुगेकी कट्रिनाले हल्का नीलो रंग मिसिएको वानपिस लगाएर पुगेकी थिइन् । प्रायः जिन्स र क्याजुअल ड्रेसमा देखिने कट्रिनाको उक्त फर्मल ड्रेसअपले क्यामेरापर्सनको ध्यान तानेको थियो । कट्रिनाले लगाएको उक्त वार्डरोबलाई फेसन डिजाइनर प्रवलले सामाजिक सञ्जालमार्फत् ‘बलिउडकी मेगास्टार कट्रिनाले हाम्रो परम्परागत शैलीमा तयार पारिएको पोसाक लगाएको’ उल्लेख गरेका छन् । त्यसो त अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि हलिउडका प्रख्यात नायिकाले विशेष समारोहमा प्रवलकै डिजाइनमा निर्मित वार्डरोब लगाउन थालेपछि प्रबल चर्चाका शिखरमा पुगेका थिए ।

उनका लागि अब कुन सेलिब्रेटीले आफ्ना डिजाइन लगाए भन्ने महत्त्वपूर्ण नहुन सक्छ । तर पनि उनले कट्रिनाले आफ्ना डिजाइनका पोसाक लगाउनुलाई महत्त्व दिँदै इन्स्टाग्रामदेखि टीटरसम्म मेन्सन गरेर स्टाटस राखेका छन् । मिडियाले पनि सेतो पम्प्स (स्यान्डल) मा हल्का नीलो वानपिस सुहाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu