जापानमा देखाइयो ‘लभ यू बाबा’, तारिफले रंगीयो फेस्टिभल



love-you-baba-japan-1

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशक गरेको नेपाली चलचित्र ‘लब यू बाबा’ जापानको सिन्होकुवो फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको छ । आइतबार टोकियोको शिनओकुबोमा प्रदर्शन गरिएको चलचित्र हेरेपछि सौगातको सबैले तारिफ गरे ।

नेपाली र जापानि दर्शकहरूले हल खचाखच भरिएको त्यहाँका स्थानिय शिव तण्डुकारले आफ्नो आधिकारी फेसबुकमार्फत जानकारी दिएका छन् । उनका अनुसार केहि प्राविधिक समस्याले गर्दा चलचित्र हेर्ने दर्शकलाई कठिनाई भएपनि अन्त सम्म सबै दर्शकको उपस्थिति उल्लेख रहेको थियो । सौगातको निर्देशनमा तयार भएको चलचित्र लभ यू बाबा हेर्न मात्र होइन उनीसँग फोटो खिचाउनेको लर्को पनि निकै लामो थियो ।

love-you-baba-japan-2

‘यति सानो बालकले कसरी यत्ति लामो चलचित्र निर्देशन गर्यो होला’ भन्ने जिज्ञाशा धेरैमा थियो र यो जिज्ञाशा मेट्न Live Talk Show पनि राखिएको थियो । सौगातले त्यहाँ उपस्थितहरुको प्रश्नलाई चतुराई पूर्वक जवाफ दिईपछि फेस्टिभलमा उपस्थित व्यक्तिहरु नै छक्क परेका थिए ।

टोकियोको शिनओकुबोमा आउँदो अगस्ट १६ तारिक आइतबार १३:३० बजे र अगस्टको २० तारिक बिहिबार १७:०० बजे एकहप्ते शिनओकुबो फिल्म फेस्टिवलमा सहभागी हुन चलचित्र लभ यू बाबाका निर्देशक सौगात विष्ट र निर्मात्री तथा निर्देशककी आमा सम्झना पोखरेल शुक्रबार साँझ जापान उडेका थिए ।

love-you-baba-japan-3

फेस्टिभलमा दश हजार जनाले सहभागीता जनाउने छन् भने नेपाल, साउथ कोरिया, चिन, सिङ्गापुर, थाइल्यान्ड, बेल्जियमका १७ वटा चलचित्रहरु प्रदर्शन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu