सुटिङ् स्थल खोज्न नाना पाटेकर काठमाडौं आँउदै



nana-patekar

बलीउड चलचित्रका कमेडी कलाकार नाना पाटेकर चाँडै काठमाडौं आउँने भएका छन् । २५ वर्ष पछि चलचित्र निर्देशनमा फर्कन थालेका नाना आफैले निर्देशन गर्न लागेको चलचित्रको सुटिङ् स्थल खोज्न काठमाडौं आउन लागेका हुन् ।

नानाले प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआइ) सँग कुरा गर्दै भनेका छन्, ‘म एउटा चलचित्र निर्देशन गर्दै छु जून एउटा जीवनीमा आधारित हुनेछ। चलचित्रमा एउटा केटीको जीवन वरीपरी घुम्नेछ। म सुटिङ् स्थलको खोजीमा छिट्टै हिड्ने तयारीमा छु । म काठमाडौं जाँदैछु ।’ नानाले आफू अभिनित चलचित्र ‘अब तक ५६’ को तेस्रो श्रृखंला निर्देशन गर्ने चर्चा चलेको थियो । सो हल्लालाई खारेज गर्ने क्रममा उनले काठमाडौं आउन लागेको खुलासा गरेका हुन् । तर उनले चलचित्रको नाम भने खुलाएका छैनन् ।

सन् १९९१ मा ‘प्रहार: द फाइनल एट्याक’ चलचित्र निर्देशन गरेपछि निर्देशन कार्यमा निस्क्रिय रहेका नानाले अन्तरर्वार्तामा आफ्ना योजनाका बारेमा बोल्दै भने, ‘म आफ्नो निर्माण कम्पनि शुरु गर्दैछु। मेरो छोराले चलचित्र बनाउँनेछ र म चलचित्रलाई निर्देशन गर्दैछु । हामी गम्भिर किसिमका चलचित्र बनाउँनेछौं ।’ नाना भाद्र भित्रै काठमाडौं आउँने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu