फ्राईडे रिलिज: ‘होस्टेल रिटर्न्स’ सँग बलीउडको दुई चलचित्र



Majhi-The-Mountain-Man

फ्राईडे रिलिजमा नेपाली चलचित्र ‘होस्टेल रिटर्न्स’ सँग बलीउडको दुई चलचित्र ‘माझी – दि माउन्टेन म्यान’ र अल इज वेल प्रदर्शनमा आएका छन् ।

Subscribe us on YouTube:-

‘होस्टेल रिटर्न्स’लाई सुरज भुषालले निर्देशन गरेका छन् । चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का, अभय बराल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । दुर्गिश फिल्मसको ब्यानरमा बनेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ ।

त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएको बलीउड चलचित्र ‘माझी – दि माउन्टेन म्यान’ मा बलीउडका चर्चित कलाकार नवाजुद्धीन सिद्धिकीले अभिनय गरेका छन् । चलचित्र माझी दि माउन्टेन म्यान बिहारको गया जिल्लाको गेहलुरका दशरथ माझीको संर्घषमा आधारित छ । चलचित्रमा नवाजुद्धीन सिद्धिकी र राधिका आप्टको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई केतन मेहनाले निर्देशन गरेको हुन् । चलचित्रमा माझीले सडकको अभावका कारण परिवार एवं गाउँलले भोग्नुपरेको समस्या देखाइएको छ । यो चलचित्र नेपालमा भने रिलिज भएको छैन ।

साथै, शुक्रवारबाट बलीउडका मेगास्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले अभिनय गरेको चलचित्र अल इज वेल पनि प्रदर्शनमा आएको छ । अभिषेकसँगै यस चलचित्रमा ऋषि कपूर र सुप्रिया पाठकको पनि मुख्य भुमिका रहेको छ । उमेश शुक्ला निर्देशित चलचित्रलाई भूषण कुमार, कृष्ण कुमार, श्याम बजाज, वरुण बजाज र अजय कपूरले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu