पैसाका लागी म चलचित्र खेल्दिन: वरुण



Barun-Dhawan

एकपछि अर्को गर्दै सफल चलचित्रमा अभिनय गरिरहेका अभिनेता वरुण धवन अहिलेसम्म आफुले आफ्नो पारिश्रमिक नबढाएको बताएका छन् ।

Subscribe us on YouTube:-

यस बर्ष बदलापुर र एबीसीडी २ जस्तो सफल चलचित्र पस्केका वरुण भन्छन्, ‘मैले अहिलेसम्म आफ्नो पारिश्रमिक बढाएको छैन । मेरो लागी पैसा नै सबैभन्दा ठुलो कुरा होइन । म सधै आफ्नो तरिकाले चलचित्रमा काम गर्छु त्यसैले म पैसाका लागी चलचित्र खेल्दिन ।’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको बलीउड चलचित्र ‘माझी – दि माउन्टेन म्यान’ मा पनि विशेष भुमिकामा अभिनय गरेका वरुण भन्छन्, ‘चलचित्र माझी अन्य चलचित्र भन्दा विल्कुलै फरक छ । यो वास्तविक घटनामा आधारित भएर निर्माण भएका कारण मलाई लाग्छ यो चलचित्र नवाजुद्धीन सिद्धिको अहिलेसम्मकै उत्कष्ट चलचित्र बनेको छ ।’

चलचित्रमा नवाजुद्धीन सिद्धिकी र राधिका आप्टको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई केतन मेहनाले निर्देशन गरेको हुन् । चलचित्रमा माझीले सडकको अभावका कारण परिवार एवं गाउँलले भोग्नुपरेको समस्या देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu