ठुलोपर्दा डटकम, काठमाण्डौ।
द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड साइन्सद्वारा २०७२ फागुन १६ गते अर्थात् (सन् २०१६ फेब्रुअरी २८) तारिखमा अमेरिकाको लस् एन्जेलस्मा ८८औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) प्रदान गरिने भएको छ ।
उक्त पुरस्कार प्रतियोगितामा सहभागी गराउन ‘विदेशी चलचित्र छनोट समिति (नेपाल) लाई एकेडेमीले तोकिएका सबै मापदण्ड पुग्ने चलचित्र प्रतिस्पर्धी रूपमा सिफारिस गर्न आग्रह गरेको छ । ८८औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई संसथाले चलचित्र २०७२ भाद्र १५ गते मंगलबार दिनको १ बजे भित्र समितिको सचिवालयमा दर्ता गराउन आग्रह गरिएको छ ।
प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र वि।सं। २०७१ असोज १५ (सन् २०१४ अक्टोबर १) गतेभन्दा पछि २०७२ साल भाद्र १४ (सन् २०१५ अगष्ट ३१) गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका हुनपर्ने बताइएको छ ।
यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्कका लागि:
विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)
काठमाडौं, नेपाल
मोबाइलः ९८५५०५१०८८ (अध्यक्ष) वा ९८५१०२९२०० (सचिव)
ई–मेल: [email protected]