आलिया भाटलाई हयाण्डसम पति चाहियो



Alia-Bhat-Husband
बेला बखतमा चर्चा र विवादमा तानिरहने बलीउड नायिका आलिया भट्टले बिबाह गर्ने उमेर ३२ बर्ष ठिक्क हुने बताएकी छिन । करण जौहरको चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेकी आलियाको २०१५ अक्टूबर २२ तारिखमा चलचित्र शानदार प्रदर्शन हुँदैछ ।

Subscribe us on YouTube:-

शानदारको ट्रेलरमा आलियाले बिकिनी रुप देखाएपछि उनको चर्चा यति बेला फेरी बलीउडमा चुलिएको छ । शानदारको प्रमोशनको क्रममा पत्रकारले तपाई कहिँले बिहे गर्नुहुन्छ भन्ने प्रश्नको उत्तर दिदै उनले भनिन्, ‘म अहिले २२ बर्षको भए बिबाह गर्ने उमेर भनेको ३२ बर्षको हो । मेरो अहिले बिबाह गर्ने उमेर भएको छैन ।’ आलिया आफ्नो हुनेवाला श्रीमान्मा ‘सेन्स अफ ह्युमर’, हेर्दा राम्रो हुनुपर्ने बताउँछिन् ।

उनले भनिन, ‘मलाई प्रभावित पार्न के गर्नु पर्छ भन्ने चाहिँ म भन्दिनँ, उसैले जान्नुपर्छ ।’ शाहिद कपुर र आलिया भट्ट अभिनित चलचित्र शानदारलाई बलिउडको सफल चलचित्र क्वीनका निर्देशक विकास बहलले निर्देशन गरेका हुन । चलचित्रलाई करण जौहरको धर्मा प्रोडक्शन र फैंटम फिल्म्सले संयूक्त रुपमा निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu