“रक्तभोग” गोरखामा देखाइयो



raktabhog-gorakha
ठुलोपर्दा डटकम, गोरखा।
करिब ४ बर्ष अगाडी चितवनको माडीमा बोक्सीको आरोप लगाउँदै जिउँदै जलाइएकी महिला ढेगनीदेवीको जीवनमा आधारित भएर निर्माण भएको चलचित्र रक्तभोगको शनिबार गोरखामा च्यारेटी शो सम्पन्न भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा भएको च्यारेटी शोमा चलचित्रको जम्बो यूनिट नै सहभागी भएको थियो ।

Subscribe us on YouTube:-

च्यारीटी शोमा नायिकाद्वय शारिका घिमिरे, ज्योति सापकोटा, नायक शैलेस पौडेल, कलाकार रवि खनाल, चलचित्रका कार्यकारी निर्माता तथा कलाकार कृष्णराज तिवारी लगायतका कलाकारहरुको सहभागीता रहेको थियो । चलचित्रको च्यारेटी शोका प्रमुख अतिथी गोरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले चलचित्र रक्तभोगले अहिलेको समाजमा जल्दो बल्दो महिला हिंसाको रुपमा रहेको बोक्सी प्रथालाई न्यूनिकरण गर्न ठुलो मदत गर्ने बताए । उनले अगाडी भने हामीले यस्ता कुप्रथाहरुलाई जरैबाट निकाल्न आबश्यक छ किनकी यस्ता घटनाहरुले अझै पनि हाम्रो समाज पछाडी परिरहेको छ । उनले आफु चलचित्र रक्तभोगलाई सकेको सहयोग गर्ने पनि बताएका थिए ।

गोरखाको गोरखकाली चलचित्र मन्दिरमा भएका च्यारेटी शोमा बोल्दै चलचित्रकी नायिका शारिका घिमिरेले चलचित्र रक्तभोगले समाजमा सकारात्मक सन्देश दिने दाबी गरिन् । उनले अगाडी थपिन–“चलचित्र रक्तभोगमा अभिनय गरिरहँदा ढेगनीदेवीले भोगेको घटना मैंले भोगेको जस्तै महशुस भयो किनकी म त्यो घटनालाई शब्दमा बयान गर्न सक्दिन ।”

त्यस्तै चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले चलचित्र रक्तभोग देश देखी विदेशका विभिन्न शहरहरुमा प्रदर्शन गर्ने सोच रहेको बताए । उनले भने–“हामी यो चलचित्र सबैलाई देखाउन चाहन्छौ किनकी यो चलचित्रले समाजमा एक सकारात्मक सन्देश दिन्छ ।” चलचित्र रक्तभोगले अहिलेको जल्दो बल्दो घट्नालाई पर्दामा उतारिएको कारण यस चलचित्रलाई सबैले एकपटक हेर्नु पर्ने उनले बताए ।

गोरखाका भूकम्पपीडित विद्यार्थीको सहयोगार्थ र विद्यार्थीहरुलाई छात्रावृति दिने उद्येश्यले आयोजना गरिएको च्यारेटी शोमा बोल्दै लियो क्लब अफ गोरखाका अध्यक्ष उज्वल श्रेष्ठले चलचित्र रक्तभोगलाई अन्य देशहरु देखी नेपालका दुर्गम भेगहरुमा प्रदर्शन गर्नु पर्ने बताए । चलचित्र रक्तभोगलाई गोरखामा प्रदर्शन गर्न लियो क्लब अफ गोरखाका निर्देशक रञ्जित श्रेष्ठ, च्यारेटी शोका संयोजक सन्देश राना, लियो क्लबका केन्द्रिय उपाध्यक्ष सरोज भण्डारी लगायतका व्यक्तिहरुले महत्वपूर्ण भूमिका रहेको थियो ।

च्यारेटी शोमा विद्यार्थी, विभिन्न संघ संस्थाका व्यक्तिहरु, पत्रकार, वृद्धिजिवी, नागरिक समाजका अगुवाहरु, राजनितिक दलका नेताहरु लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । चलचित्रलाई विवी फुयाँलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu