ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज १ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र वडा नम्बर ६ को प्रचार प्रसारमा यति बेला चलचित्रको जम्बो यूनिट नै हिडिँरहेको छ । प्रदर्शन मिति नजिकदै गर्दा चलचित्र यूनिटले प्रचार प्रसारलाई आक्रमक बनाइरहेको अवस्थामा चलचित्रका मुख्य कलाकार जितु नेपालले चलचित्र वडा नम्बर ६ राम्रो चलचित्र, सन्देश दिने चलचित्र र दर्शकलाई चलचित्र हेरुन्जेल मनोरञ्जन दिने चलचित्र रहेको बताएका छन् ।
ठुलोपर्दा डटकमसँगको विशेष कुराकानीमा बोल्दै कलाकार जितु नेपालले भने, ‘मेरो भूमिका चलचित्रमा विर्खे छ । गाँउका विभिन्न पात्रहरु छन्, बेरोजगारी पात्रहरु रहेका छन् त्यस मध्यको अलिकती दुखी अलिकती पीडित, अलिकती शोषित खाल्को एउटा पात्रको भूमिकामा विर्खे छ । विर्खेले अलिकती जागरणका कुराहरु गर्छ, विर्खे अलिकती गम्भिर तरिकाको पनि छ ।’
भिडियो हेर्नुहोस्:
चलचित्रको सबै पक्ष बलियो र उतिक्कै सशक्त रहेका कारण वडा नम्बर ६ ले दर्शकहरुको मन जित्ने पनि जितुले दाबी गरे । उनले भने, ‘चलचित्र वडा नम्बर ६ मा राम्रो कुरा छ, निर्देशक पनि राम्रो हुनुहुन्छ, कलाकारहरु पनि सबै राम्रा छन् त्यसैले पनि चलचित्र राम्रो छ । र हामीलाई आशा पनि छ चलचित्रलाई सबैले मनपराउनुहुन्छ ।’ कलाकार सबै राम्रा छन् की जितु नेपाल राम्रो छ ? भन्ने ठुलोपर्दाको प्रश्नको उत्तर दिदै जितुले भने, ‘सबै जना राम्रो छन् बरु जितु नेपाल नराम्रो होला नत्र सबै कलाकारहरु उत्कृष्ट छन् ।’
६ एकान ६ एउटा केटीको वरीपरीमा घुमेको भएपनि चलचित्र वडा नम्बर ६ मा गाँउको कथा रहेको उनले खुलाए । गाँउमा हुने विभिन्न घट्नाहरुलाई चलचित्रमा देखाइएको जितुले बताएका छन् । उनले भने, ‘म विर्खे पात्रको भूमिकामा रहेपनि मैले चलचित्र अवधि भर हँसाएको छैन । अरु सबै कलाकारहरुले हँसाउनु हुन्छ तर म चलचित्रभर गम्भिर पात्रको भूमिका देखिएको छु त्यसैले सार्वजनिक भएका गीतहरुमा पनि म देखिएको छैन ।’
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिदैछन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।