नवाजुद्धीन भन्छन्, ‘बलीउडका तिन खान स्टार होइनन्’



nawazudhin-siddiqi
आफुले पाएको भुमिकालाई मनछुने तरिकाले अभिनय गर्ने बलीउडका चर्चित कलाकार नवाजुद्धीन सिद्धिकीले अभिनय गरेको नयाँ चलचित्र ‘माझी – दि माउन्टेन म्यान’ कारण चर्चामा छन् । चलचित्र हेरिसकेपछि नवाजुद्धीनको तारिफ सबैले खेलेर गरेका छन् ।

Subscribe us on YouTube:-

बिहारको गया जिल्लाको गेहलुरका दशरथ माझीको संर्घषमा आधारित चलचित्र माझीपछि उनको माग र पारिश्रमिक पनि आकाशिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी यो चलचित्रमा मात्र होइन जुन सुकै चलचित्रमा अभिनय गर्दा पनि मनछुने अभिनय गर्छन् । विशेषत: कमेडी पात्रमा देखिने नवाजुद्धीनले अभिनय गरेको चलचित्र बरजंगी भाईजानमा पनि सलमान खानको भन्दा बढि उनकै तारिफ भएको थियो । उनले बलीउडका तिनै खान अर्थात सलमान खान, शाहरुख खान र आमिर खानसँग काम गरिरहेका छन् । तर उनी ति तिन खानलाई कहिले पनि स्टार सम्झदैनन् ।

नवाजुद्दिन भन्छन्, ‘यी तिनै खान ‘स्टार’ होइनन् किनकी जस्तो सुकै स्टारसँग अभिनय गरेपनि अभिनेता स्टारको दवाबमा पर्नु हुँदैन । सुटिङ गरिरहँदा उनीहरु स्टार होइनन् सह-अभिनेता मात्र हुन् ।’ उनले थपे, ‘ठूला व्यक्तिको अगाडि काम गर्दा डर मान्यो भने अभिनेता कमजोर हुन्छ । जब शाहरुख, सलमान या आमिरसँग कुनै चलचित्र खिचिरहेको छ भने उनीहरु आफ्नो चरित्रसँग बाँचिरहेका अर्को चरित्र मात्र हुन्छन् । त्यतिबेला उनीहरु सह-अभिनेता मात्र हुन्छन्, स्टार हुँदैनन्

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu