‘लव सब’ का कलाकारलाई जब यूवाले घेरे …



luv-sab-nantham
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र लव सबले आफ्नो प्रचार प्रसारलाई आक्रमक बनाउँदै गएको छ । विभिन्न जिल्लाहरुमा गएर प्रचार प्रसार गर्दै आएको चलचित्रको टिम राजधानीको न्याथम कलेजमा आयोजित एक बृहत कार्यक्रममा प्रोमोशनको क्रममा भेटिएको छ ।

Subscribe us on YouTube:-

सलोन बस्नेत, संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारीको साथमा निर्माता सुशिल पोख्रेल र निर्देशक देवकुमार श्रेष्ठ कार्यक्रममा देखिदा त्यहाँ उपस्थित यूवापूस्ताले ताली बनाउँदै साथ दिएका थिए ।

चलचित्र होस्टेलको जँगे नामक पात्रको भुमिकापछि लोकप्रिय बनेका सलोनले कार्यक्रममा उपस्थित युवा दर्शकलाई होस्टेलकै गीत गाएर पनि सुनाउन भ्याए । सलोनले उक्त गीत गाईसकेपछि भाद्र २५ मा लव सब हेरिदिन सबैलाई आग्रह गरे । त्यसपछि उनीसँग सेल्फी र अटोग्राफ लिनेको घुईचो नै देखियो । त्यस्तै भिजे तथा कलाकार शिशिर भण्डारीले लव सबको हाल लोकप्रिय बन्दै गैरहेको संवादहरु सुनाए । उनलाई पनि उपस्थित दर्शकहरुले वान्स मोर भन्दै साथ दिए ।
luv-sab-nantham1
त्यस्तै चलचित्रकी नायिका करिश्मा श्रेष्ठले पनि लव सबबाट एकपटक हेरिदिन आग्रह गरिन । लव सबका निर्माता शुसिल पोखरेलले लव सब सफल हुनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिए । त्यस्तै लव सबका निर्देशक देव कुमार श्रेष्ठले विश्वस्त गरिएको नेपाली समाजको कथालाई लव सबले टिपेको बताए ।

कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu