ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २१ गतेबाट छायांकनमा जाने तयारी भइरहेको चलचित्र ‘नाईं नभन्नू ल ४’ को जोडी फाइनल भएको छ । अडिसन मार्फत् कलाकार खोजिरहेका चलचित्रका निर्माता तथा निर्देशक विकास आचार्यले यस अघि मुख्य भुमिकामा पक्का गरेका पल शाहको जोडीको रुपमा वर्षा राउत र आँचल शर्मा टुंगो लगाएका हुन् ।
पल शाह र वर्षाले थुप्रै म्युजिक भिडियोमा सँगै काम गरेका छन् भने आँचल अघिल्लो हप्तामात्र सम्पन्न मिस प्लस टु विजेता हुन् । यस अघिका ‘नाई नभन्नू ल’को तिनवटै सिरिजमा अभिनय गरेका अनुभव रेग्मी यस अघि नै चलचित्रका लागि पक्का भइसकेका थिए भने ‘नाई नभन्नू ल ३’ मा अभिनय गरेसकेकी नायिका प्रियंका कार्की पनि चलचित्र ‘नाई नभन्नू ल ४’ का लागि छनोट भइसकेकी छिन् ।
चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ । राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले आवाज दिएको फिल्मका गीतको रेकर्डिङ सकिईसकेको छ । ‘नाई नभन्नू ल’का यस अघिका तीनै शृंखला हिट भएका थिए ।