क्रिटिक्स अवार्डमा दयाहाङ् र प्रियांका उत्कृष्ट



dayahang-rai-and-priyanka-karkiठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म समीक्षकहरुको नजरमा २०७१ सालमा रिलिज भएकामध्ये कबड्डी उत्कृष्ट चलचित्र ठहरिएको छ । अभिनेतामा दयाहाङ् राई र अभिनेत्रीमा प्रियांका कार्की उत्कृष्ट भएका छन् ।

Subscribe us on YouTube:-

चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) ले कबड्डीलाई नेपाल फिल्म क्रिटिक्स अवार्डदिन लागेको हो । समाजका अध्यक्ष यज्ञशको नेतृत्वमा बसेको बैठकले ८ विधामा चलचित्रको सूची तयार गरेको छ । केहि दिन भित्रमा नै एक कार्यक्रमको आयोजना गरि अवार्ड वितरण गरिने बताइएको छ । ८ विधा मध्ये उत्कृष्ट चलचित्रमा (कबड्डी), उत्कृष्ट चलचित्र निर्देशकमा निश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के) बाट परेका छन् ।

त्यस्तै उत्कृष्ट पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी) बाट, उत्कृष्ट अभिनेता दयाहाङ राई (कबड्डी)बाट, उत्कृष्ट अभिनेत्री प्रियंका कार्की (सुन्तली) बाट, उत्कृष्ट छायांकन अन्ड्रा बेलिसिया (सुन्तली) बाट र उत्कृष्ट सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) ले क्रिटिक्स अवार्ड पाउँन लागेका हुन् ।

पार्श्र्व संगीततर्फबाट जेसन कुँवरले (टलकजंग भर्सेस टुल्के) बाट अवार्ड पाउँदैछन् । यो अवार्ड अघिल्लो बर्ष ७ विधामा वितरण गरिएको थियो ।

फोटो श्रोत: लेक्सलिम्बु

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu