अहिले आयो बाजेको पालाको कथा



Uhileko-Bajeko-Palama
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली कला, सँस्कृती र मौलिकता बोकेको चलचित्र ‘उहिले बाजेको पालामा’ निर्माण भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिइएको थियो ।

Subscribe us on YouTube:-

बसन्त घर्ती मगरको निर्देशनमा तयार भएको यो चलचित्रमा लेखन तथा निर्माण गणेश बेलवासेको छ । चलचित्रमा गुहृयेश्वरी बेलवासे, अस्मिता बडुवाल, चेतन कोइराला र यादव सैघालीको लगानी छ । चलचित्रको बारेमा जानकारी दिदैं लेखक तथा निर्माता गणेश बेलवासेले चलचित्र ‘उहिले बाजेको पालामा’ले नेपालीपन बोकेको दाबी गरे । ‘पछिल्लो समय नेपाली चलचित्रमा मौलिक कथा भेटिन छोडिएको छ’ निर्माता बेलवासेले आगाडी भने, ‘हामील दर्शकहरुको चाहना अनुरुपमै उहिलेको बाजेको पालामा हुने गरेका विभिन्न प्रचलन, संकृतीलाई उठान गरेका छौं ।’

विपिन आचार्यको संगीत, हरी नारायण चौधरीको छायांकन, भरत क्षेत्रीको एक्सन रहेको यो चलचित्रले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट समेत पाइसकेको पत्रकार सम्मेलनमा निर्माता बेलवासेले जानकारी दिए । चलचित्रमा दिलिप रायमाझी, नविन श्रेष्ठ, गणेश बेलवासे, खुश्वु खड्का, सपना रोक्का, पूजा रिजाल, मियून जिरेल लगायतका कलाकारको अभिनय छ ।

पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्रलाई अग्रिम शुभकामना दिएका थिए । चलचित्रको हालसम्म नेपालमा प्रदर्शन मिति तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu