‘बिग बोस ९’ को प्रत्येक शोबाट सलमानलाई १० करोड



Salman-khan-big-boss-9
भारतकै सबैभन्दा ठुलो शोको रुपमा परिचित ‘बिग बोस ९’ को चर्चा यति बेला फेरी चुलिएको छ । लगातार केहि श्रृंखलाहरु चलाइसकेका बलीउडस्टार सलमान खानले पुन बिग बोस ९ चलाउँने भएपछि यो शोको चर्चा चुलिएको हो ।

Subscribe us on YouTube:-

केहि महिनादेखी कलर्स च्यानलका निर्माता र सलमानबिच भएको छलफलपछि उनी बिग बोस ९ चलाउन इच्छुक भएका थिए । केहि दिन भित्रै एक औपचारिक कार्यक्रमका बिच बिग बोस ९ को जानकारी दिन लागेका सलमानलाई प्रत्येक शोबाट १० करोड मिल्नेछ । अर्थात यो भनौ उनले एक पटक बिग बोस ९ चलाए बापत १० करोड भारतीय रुपैयाँ पाउनेछन् ।

सलमानका लागी यो ठुलो रकम नभएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । सलमानले कुनै एक पार्टीमा ५ मिनेट नृत्य प्रस्तुत गरेको मात्रै ५ करोड भन्दा बढि लिने गर्छन् । यस अघि चलाएका बिग बोसमा सलमानले ५ देखी ६ करोडसम्म लिने गरेका थिए । दर्शकहरुको अत्याधिक मागपछि पुन सलमान बिग बोस ९ चलाउन लागेका हुन् । अहिले सलमान आफ्नो नयाँ चलचित्र प्रेम रतन धन पायोको शुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu