गीतकार खरेललाई राष्ट्रिय स्रष्टा सम्मान



yadav-kharel-sammanठुलोपर्दा डटकम, काठमाण्डौ।
वरिष्ठ गीतकार यादव खरेललाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिएको छ । शुक्रबार राजधानीमा गीतकार संघले आयोजना गरेको सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइले उनलाई एक लाख एकसहित सम्मान प्रदान गरेका हुन् ।

‘जल्यो जल्यो’ गीतबाट सांगीतिक यात्रा सुरु गरेका गीतकार खरेलले ‘यस्तोपनि हुँदो रैछ’, ‘जिन्दगी खोला सरी बगिरहेछ’, ‘सपना हो यो भनेदेखि’, ‘न मेरो घरै छ’, ‘ ‘के भनू म कसो गरी परें’, ‘गैरी खेतको शीरै हान्यो’ र ‘चैत मास खडेरीमा’ लगायत गीतहरुमा शब्द लेखेका छन् । कार्यक्रममा यादव खरेलले यो सम्मान आफ्नो लागि जीवनकै विशिष्ट सम्मान भएको बताए ।

Subscribe us on YouTube:-

सो अवसरमा पूर्वप्रधानमन्त्री भट्टराईले पहिलोपटक बौद्धिक सम्पत्तिलाई संवैधानिक रुपमै सुरक्षित गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu