प्राधिकरण अधिकृतले लिए धुर्मुस-सुन्तली एकीकृत नमुना बस्तीबारे जानकारी



Dhurmus-suntali-new-2
ठुलोपर्दा डटकम, काभ्रे।
पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले काभ्रेपलाञ्चोकको पहरी गाउँमा स्थापना भएको धुर्मुस-सुन्तली एकीकृत नमुना बस्तीबारे जानकारी लिएका छन् ।

Subscribe us on YouTube:-

बस्तीको अवधारणा, ढाँचा, बनावट र निर्माण सामग्री आदिबारे जानकारी लिँदै पोखरेलले भौगोलिक बनावटका आधारमा सो नमुना एकीकृत बस्ती बसाउने क्रममा प्रयोग गर्न सकिने बताए ।

सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै ‘मेरी बास्सै’ र ‘भद्रगोल’का कलाकार तथा ‘सगुनडटकम’का टोलीले पाँचखाल नगरपालिकामा रहेको पहरी गाउँमा एकीकृत नमुना बस्ती बसाएको हो ।

पहरीगाउँमा एकै थरिका घरभित्र शौचालय भएको बगैँचासहितको तीनकोठे २० पक्की घर छन् । प्रत्येक घरका लागि खानेपानी, धारा र बस्तीमा पााच बायोग्याँस प्लान्ट जडान गरी सबै घरमा व्यवस्थित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu