कलाकार संघमा यस्तो नौटंकी, फर्जी सदस्य बनाइएको भन्दै चुनाव स्थगित



kalakar-sanghठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २३ गते काठमाडौंमा हुने भनिएको चलचित्र कलाकार संघको चुनाव स्थगित भएको छ । चुनाव नजिकदै गर्दा विभिन्न पदका उम्मेदवारहरुले फर्जी सदस्य बनाइएको भन्दै महासचिव पदका उम्मेदवार संजय खतिवडाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएपछि चुनाव स्थगित भएको हो ।

उजुरी प्रश्चात मंगलबार जिल्ला प्रशासन कार्यलयले एक दर्जन कलाकार संघका प्रतिनिधीलाई बोलाए छलफल गरेको थियो । छलफल पश्चात प्रशासन कार्यालयले तत्काल चुनाव स्थगित गर्न आग्रह गरेपछि अर्को नयाँ मिति घोषणा नभएसम्म चुनाव स्थगित गरिएको बताइएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यलयमा भएको छलफल पछि यस बिषयमा छानविन गर्न आयोग पनि गठन भएको छ । आयोगमा कृष्ण मल्ल, मोहन निरौला, बसुन्धरा भुषाल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu