‘कामचोर’को दोश्रो ट्रेलर (भिडियो)



Harshika
ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज ८ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कामचोर’को दोस्रो ट्रेलर बाहिरिएको छ । सार्वजनिक ट्रेलरले द्वन्द्व, प्रेम, रोमाञ्स र कमेडीलाई देखाएको छ ।

Click Here to Watch Entertaining Videos
सिनेमाटोग्राफर दिनेश श्रेष्ठको निर्देशनमा बनेको उक्त चलचित्रमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, बालदिप राई, रबिना दास लगायतका कलाकारको अभिनय रहेको छ भने नायिका सगुन शाहीको विशेष भुमिका रहेको छ ।

अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ । चलचित्रको छायांकन तथा लेखन निर्देशक स्वयंको रहेको छ । निर्देशक श्रेष्ठले नौ बर्षसम्म सिनेमाटोग्राफीमा काम गरेपछि यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu