ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्रदर्शनरत चलचित्र ‘होस्टेल रिटन्र्स’मा मधेशी यूवाको भुमिकामा देखिएका कलाकार नाजिर हुसेन हाल छायांकन भइरहेको चलचित्र वीर विक्रममा थपिएका छन् । उनको अभिनयले यति बेला यूवाहरुको मन जितिरहेको बेला चलचित्रका निर्देशक मिलन चाम्सले हुसेनलाई चलचित्रमा अभिनय गर्ने मौका दिएका हुन् ।
Click Here to Watch Entertaining Videos
हाल हुसेन चलचित्र वीर विक्रमको दोलखाको जिरीमा भइरहेको छायांकनमा व्यस्त छन् । तर चलचित्रमा उनको भुमिका कस्तो हुने त्यो भने बाहिर आएको छैन । डिग्री माइला, चरणदास चोर, स्वप्नमहल, सुनकेशरी, मीतज्यू, जम्पिङ फ्रग जस्ता नाटकमा अभिनय गरिसकेका नाजिर हुसेनले चलचित्र होस्टेल रिटन्र्सबाट राम्रै फ्यान कमाएका छन् ।
चलचित्र हेरिसकेपछि दर्शकहरुले अन्य कलाकारहरुको भन्दा बढि उनको नै तारिफ गरिएको पाइन्छ । ६ वर्ष पहिले बाराको डुमरवानाबाट नृत्यको अडिसन दिन काठमाडौं टेकेका मोहम्मद नाजिर हुसेन अब चलचित्रक्षेत्रका आशलाग्दो अनुहार बनेका छन् ।