सलमान र शाहरुखका नायिका, कोहि बच्चै थिए कोहि जन्मेका पनि थिएनन्



srk-salman
बलीउडमा सलमान खान र शाहरुख खान सर्वाधिक चर्चित र सफल अभिनेताको रुपमा गनिन्छन् । उनीहरुले अभिनय गरेको प्रत्येक चलचित्रहरुले बलीउडमा इतिहास नै बनाउने गर्छ ।

Click Here to Watch Entertaining Videos
उमेरले पाँच दशक लागेका यी नायकले बलिउडमा आफ्नो अभिनय यात्रा थाल्दा अहिलेका चर्चित कतिपय नायिका कोक्रामै खेल्दै गरेका थिए भने कतिपयको त जन्मसमेत भएको थिएन । भारतका केहि समाचार माध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार शाहरुख खानले सन् १९९८ बाट आफ्नो अभिनय यात्रा थाल्दा उनको उमेर २२ वर्षको थियो । शाहरुखसँगै चलचित्र ‘जब तक हे जान’ मा अभिनय गरेकी नायिका कट्रिना क्याफ शाहरुख २२ हुँदा उनी ५ वर्षकी थिइन् ।

त्यतिबेला दीपिका पादुकोण केवल दुई वर्षकी थिइन् भने अनुष्का शर्माको जन्म सोही वर्ष भएको थियो । शाहरुखले दीपिकासँग अभिनय गरेको चेन्नई एक्सप्रेस तथा अनुष्कासँग अभिनय गरेको रब ने बनादी जोडी बलिउडमा सर्वाधिक व्यापार गर्न सफल भएको चलचित्र मानिन्छ । त्यस्तै शाहरुखले अभिनय थालेको पाँच वर्षपछि आलिया भट्टको जन्म भएको थियो । जबकी शाहरुख र आलिया पनि चाँडै एक नयाँ चलचित्रमा जोडीका रुपमा देखा पर्दैछन् ।

सलमान खानले सन् १९८८ मा अभिनय यात्रा थालेका हुन् । ‘बजरंगी भाइजान’मा सलमानसँगै अभिनय गरेकी करिना कपुर सन् १९८८ मा सलमानले ‘बीबी हो तो ऐसी’ चलचित्रमार्फत अभिनय यात्रा थाल्दा केवल पाँच वर्षकी थिइन् भने ‘किक’ मा सलमानकै अपोजिट भूमिका निर्वाह गरेकी ज्याक्लिन तीन वर्षकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu