बेड सिन दिन आपत्ति छैन: शुभेक्षा थापा



Photo: Kathmanducraze.com
Photo: Kathmanducraze.com

नायिका शुभेक्छा थापा भनेपछि उनी चर्चा र विवादमा तानिने नायिकाको रुपमा चिनिन्छन् । उनलाई चलचित्रमा बेड सिन र किस दृश्य दिन गाह्रो लाग्दैन । हुनत उनी यि अस्लिल हर्कतहरुबाटै चर्चा र विवादमा तानिन्छन् ।

Click Here to Watch Entertaining Videos
चलचित्रले खासै कमाल नगरेपनि उनी नयाँ नयाँ चलचित्रमा भने यस्ता हर्कतहरु गर्न पछाडी नपर्ने नायिका हुन् । त्यस्तै उनले नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा आफुलाई किस र बेडसिन दिन कुनै आपत्ति नहुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘यो त कलाकारको काम नै हो । हामी नवरसभित्र बसेर अभिनय गर्छौ, सेन्टी, कमेडी, रोमान्स सबै भावहरु अभिनय भित्रै पर्छन । तर म कथाको माग भन्दै जथाभावी दृश्य भने दिन्न ।’

आफु बेड सिन, किस दृश्य दिदाँ कामलाई मात्र ध्यान दिने उनी बताउँछिन् । उनी थप्छिन्, ‘त्यति बेला मलाई कुनै नौलो महशुस हुँदैन ।’ शुभेक्छाको नयाँ चलचित्र बिन्दास ३ प्रदर्शनमा आँउदैछ । उनले त्यस चलचित्रमा पनि नव-नायक मनिष कार्कीसँग बेडसिन दिएकी छिन् जसको चर्चा र विवाद अहिले देखी नै सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu