क्रिकेटरको अभिनेत्री मोह, विराट-युवराजपछि हरभजनको पालो



harbhajan
भारतमा अहिले क्रिकेटरहरुको ध्यान अभिनेत्रीहरु तर्फ जाँदै गएको छ । विराट कोहलीले अभिनेत्री अनुष्का शर्मालाई रोजे । युवराज सिंहले हेजल किच रोजे । पछि अहिले क्रिकेटर हरभजन सिंहले पनि बलीउड अभिनेत्री गीता बसरा रोजेका छन् ।

Click Here to Watch Entertaining Videos
यति सम्मकी यो जोडीले २९ अक्टुबरमा पंजाबमा बिहे पनि गर्देछन् । यस अघि यो जोडीको विषयमा खासै खबरहरु बाहिर नआएपनि यो जोडीको प्रेम लामो समयदेखीको रहेको भारतीय मिडियाहरु बताउँछन् । स्रोतका अनुसार उनीहरुको बिबाह टिपिकल बलीउड तरिकामा हुनेछ । पाँच दिनसम्म चल्ने बिबाहमा दुई परिवारका सदस्यहरु र केहि क्रिकेटर सहभागी हुनेछन् ।

त्यस्तै उनीहरुको ग्रान्ड रिस्पेशन १ नोभेम्बरमा दिल्लीमा हुने पनि पक्का भइसकेको हरभजनका एक आफन्तले बताए । रिस्पेशनमा भने बलीउडमा चर्चित सेलिव्रेटीहरु देखी राजनितिज्ञ, क्रिकेटर लगायतका व्यक्तिहरु उपस्थित हुनेछन् । अभिनेत्री गीताको परिवार अहिले लन्डनमा छन् र उनीहरु पनि चाँडै भारत आउने बताइएको छ । गीताको परिवार भारत आएपछि बिबाहको तयारी धुमधामले सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu