पोखरामा ‘कीर्तिपुर’ देखाइने



kirtipir-pokhara
नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीको विशेष प्रदर्शनी आउँदो असोज ८ र ९ गते पोखरामा हुने भएको छ । चलचित्रलाई पोखराको गुरु चेला, द करियर प्वाइन्टले संयोजन गरी प्रदर्शनी तयारी थालेको हो ।

Click Here to Watch Entertaining Videos
पोखरास्थित उद्योग वाणिज्य संघको सभाहल, गैरापाटनमा कीर्तिपुर प्रदर्शनी गर्न टिकट बुकिङ समेत खुल्ला गरिएको करियर प्वाइन्टका सुवास मल्ले जानकारी दिए । उनले चलचित्र प्रदर्शनीबाट संकलित रकमको निश्चित परिमाण कास्की जिल्लाका भूकम्प पीडित बालबालिकाको शिक्षामा खर्च गरिने जानकारी दिए ।

फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन्। चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, शूरवीर पण्डित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतले अभिनय गरेका छन्। त्यसैगरी चलचित्रमा भीएफएक्स सुपरभाइजर सन्तोष केसीको एनिमेसन, हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, मृत मरहठा र दीपसन परियारको शृंगार एवं शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको यस चलचित्रमा वीरेन्द्र ताम्रकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu