लव सब हेर्न दर्शक आतुर छन्: सलोन बस्नेत (भिडियो)



Salon-Basnet-luv-sab
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘लभ सब’मा कलाकार सलोन बस्नेतले चलचित्र लव सबले अहिले समाजमा घटिरहेकै घट्नाहरुलाई उठाएको बताएका छन् । ठुलोपर्दा डटकमसँग कुरा गर्दै उनले हामीले समाजमा सधै देखिरहने, भोगिरहने धेरै कुराहरुलाई चलचित्रमा उतारेको बताए ।

Click Here to Watch Entertaining Videos
‘तपाईले चलचित्रको ट्रेलरमा बोल्नु भएको संवादहरुलाई दर्शकहरुले राम्रो रुचाएका छन् । दर्शकहरुबाट चाँहि कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?’ भन्ने ठुलोपर्दा डटकमको प्रश्नमा उनी अगाडी भन्छन्, ‘मलाई माया गर्ने दर्शकहरुले चलचित्र लव सबको ‘कल सेन्टर’ वाला संवाद अत्याधिक रुचाइदिनुभएको छ । अहिलेसम्म दर्शकहरुले राम्रो प्रतिक्रिया दिइराख्नु भएको छ र कहिले आँउछ चलचित्र लव सब भनेर दर्शकहरु प्रतिक्षारत हुनुहुन्छ ।’ उनका अनुसार चलचित्रले दर्शकहरुलाई मनोरञ्जन दिन कुनै कसरत बाँकी राख्ने छैन । ‘हामीले विशेषत मनोरञ्जनका लागि चलचित्र बनाएका हौं तर चलचित्रको कथाले धेरै ठाँउमा मन पनि छुनेछ’, सलोनले भने ।

चलचित्रले अहिलेको यूवा पुस्तालाई के कुरामा साबधानी अपनाउँनु पर्छ र के कुरामा स्वतन्त्र हुनुपर्छ भन्ने सन्देश दिन खोजेको पनि सलोनले बताए । कुराकानीकै क्रममा उनले चलचित्र लव सबको ‘कल सेन्टर’ वाला संवाद पनि सुनाउन भ्याएका थिए ।

कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu