भेनिस फिल्म फेस्टिभलमा ‘कालो पोथी’ उत्कृष्ट चलचित्र



Kalo-Pothi
नेपाली चलचित्र ‘कालो पोथी’ले इटालीमा जारी संसारको सबैभन्दा पुरानो फिल्म फेस्टिभल अर्थात् भेनिस फिल्म फेस्टिभलको ७२ औं संस्करणमा उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । ‘इन्टरनेसनल क्रिटिक्स विक’ तर्फबाट फेस्टिभलमा प्रतिस्पर्धामा रहेको चलचित्रले सोही विधा तर्फको पुरस्कार जितेको हो ।

Click Here to Watch Entertaining Videos
मिन बहादुर भामले पुरस्कार आफ्नो देशका लागि समर्पित रहेको बताएका छन् । आफ्नो आधिकारीक फेसबुकमा स्टाटस लेख्दै भामले लेखेका छन्, ‘म यो अवार्ड मेरो सुन्दर देश र नेपालीमा समर्पण गर्न चाहन्छु । देशमा शान्ति छाओस् र राजनीतिक संकटको समाधान चाँडो निस्कियोस्’, उनले थपेका छन्, ‘यो अवार्ड मेरो टिम र सम्पूर्ण फिल्मकर्मीमा पनि समर्पित छ’ । नेपालको फिचर लेन्थको फिल्म भेनिसमा छानिएको यो पहिलो पटक हो । तर, मीनको भेनिस भ्रमण दोस्रो होम । यसअघि सन् २०१२ को ६९ औं भेनिस फिल्म फेस्टिभलमा उनको छोटो चलचित्र ‘बाँसुल्ली’ छनोट भएको थियो ।

स्वीटजरल्यान्डको ५० हजार स्विस फ्रान्क, जर्मनीको ३० हजार युरो र फ्रान्सको एक लाख १० हजार युरो लगानी रहेको ‘कालो पोथी’मा जम्मा तीन करोड रुपैयाँ खर्च भएको छ । निर्देशक मीनबहादुरका अनुसार फिल्मलाई नेपालसहित ३४ वटा देशमा रिलिज गर्नका लागि फ्रान्सको वितरक कम्पनीले गृहकार्य गरिरहेको छ । मीनबहादुर र अविनाश विक्रम शाहले लेखेको फिल्ममा देवकी राई र अनुप थापा पनि निर्माता रहेका छन् । काजकिस्तानका अजिज झाम्बाकिभको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जेसन कुँवरको संगीत रहेको फिल्ममा खड्काराज नेपाली, शुक्रराज रोकाय, जीतबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, विपिन कार्की र प्रवीण खतिवडालगायतको मुख्य अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu